काठमाडौँ । काठमाडौँको ठमेल क्षेत्रबाट अनैतिक क्रियाकलाप र अभद्र व्यवहार गर्ने २० जना विदेशी महिलालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनीहरूलाई ठमेलका विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा युगान्डाका महिला रहेको प्रहरीले जनाएको छ ।
उनीहरुले ठमेल क्षेत्रमा स्वदेशी तथा विदेशीहरू नागरिकहरुसँग अवैध रूपमा पैसामा बार्गेनिङ गरी यौन धन्दा व्यवसाय सञ्चालन गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरूलाई अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट १२ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त लैनचौरबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

