संसदका ज्येष्ठ सदस्य केसीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

शपथ समारोहमा राष्ट्रपतिसँगै उपराष्ट्रपति रामसाहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत संवैधानिक निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख र उच्च पदस्थ कर्मचारीको उपस्थिति थियो ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये केसी ज्येष्ठ सदस्य हुन् । प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीबाट एक सय १० जना निर्वाचित भएका छन् । नेपाली काँग्रेसका सांसद केसी समानुपातिक निर्वाचन प्रणालीका माध्यमबाट निर्वाचित भएका हुन् ।

ज्येष्ठ सदस्य केसीले प्रतिनिधिसभामा निर्वाचित सांसदलाई यही चैत १२ गते बिहीबार पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *