अमेरिकी विशेष दूत सर्जिओ गोरले रवि लामिछानेलाई फोन गरी दिए बधाइ

काठमाडौँ । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई टेलिफोन गरी बधाइ दिएका छन् ।

मंगलबार फोन गरी विशेष दूत गोरले लामिछानेलाई निर्वाचनमा प्राप्त जितका लागि रास्वपालाई बधाइ दिएका काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

अमेरिका नेपालको नयाँ सरकारसँग सहकार्य गर्दै हाम्रो आर्थिक साझेदारीको सुदृढीकरण गर्न र हाम्रा दुई देशबिचको मित्रतालाई अझ गहिरो बनाउन उत्सुक रहेको दूतावासले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *