भूपेन्द्र र सुजन सम्मानित

काठमाडौँ । नेपाल उमा कुङ्फु सङ्घले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल आफ्ना खेलाडीलाई मंगलबार सम्मान गरेको छ । विश्व मञ्चमा नेपालको प्रतिष्ठा अभिवृद्धि गर्न सफल भएकामा खेलाडी भूपेन्द्र गुरुङ र सुजन कक्षपतिलाई सम्मान गरिएको हो ।

उनीहरूलाई सङ्घका अध्यक्ष एवं डब्लुएमएसी नेपाल च्याप्टरका महासचिव सञ्जीतकुमार राई, प्रमुख प्रशिक्षक दीपक श्रेष्ठ, सङ्घका उपाध्यक्ष रमेश महर्जन, डब्लुएमएसी नेपालका अध्यक्ष स्वयम्भूराज डङ्गोललगायतले एक कार्यक्रमबीच प्रशंसापत्र प्रदान गरे ।

भूपेन्द्रले अमेरिका, जर्मनी, थाइल्यान्ड र बेलायतमा भएका विभिन्न प्रतियोगितामा हालसम्म १२ स्वर्ण र दुई रजत पदक जितेका छन् । सुजनले हालै जर्मनीको रेजेन्सवर्गमा भएको ब्याटल अफ बभेरियामा दुई स्वर्ण जितेका थिए ।

कार्यक्रममा सङ्घका अध्यक्ष राईले खेलाडीले हासिल गरेको उपलब्धिले सङ्घलाई मात्र नभई सिङ्गो राष्ट्रलाई गौरवान्वित तुल्याएको बताए ।

सम्मानित खेलाडी गुरुङले प्रशिक्षकबाट पाएको सही प्रशिक्षणले गर्दा उपलब्धि हासिल गर्न सम्भव भएको बताउँदै आगामी दिनमा पनि राष्ट्रलाई पदक दिलाउन निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।
कक्षपतिले पहिलो अन्तर्राष्ट्रिय सहभागितमै स्वर्ण जित्न सफल भएकामा खुसी व्यक्त गर्दै यस सम्मानले मनोबल उच्च बनाउन थप हौसला मिलेको भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *