बालेनलाई संसदीय दलको नेता चयन गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । बिहीबार अपरान्ह चार बजे बस्ने गरी बैठक बोलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए । संसदीय दलको नेता चयन बैठकको एजेण्डा रहेको प्रवक्ता झाले बताए ।

रास्वपाले वरिष्ठ नेता बालन साहलाई निर्वाचन अघि नै प्रधानमन्त्री घोषणा गरेकाले उनलाई संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ । बिहीबार नवनिर्वाचित सांसदहरुको र शुक्रबार प्रधानमन्त्रीले शपथ लिने तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *