निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन एमालेको निर्देशन

काठमाडौँ । नेकपा एमालेले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन मातहतका कमिटीबाट माग गरेको छ ।

एमालेले तल्ला कमिटीलाई निर्वाचनको समीक्षासहित प्रतिवेदन पठाउन निर्देशन दिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए । उनले भने, ‘ती सुझावका आधारमा हामीले बैठकबाट पनि निर्वाचनको समीक्षा गर्नेछौँ ।’

उनका अनुसार एमालेले निर्वाचनको समीक्षा गर्नका लागि चाँडै सचिवालय बैठक र केन्द्रीय कमिटी बैठक बोलाउनेसमेत तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *