साफ यु-२० च्याम्पियनसिपमा नेपालको विजयी शुरुवात

काठमाडौं । माल्दिभ्समा आजबाट शुरू भएको साफ यु-२० च्याम्पियन्सिपमा नेपाल विजयी भएको छ । सोमबार बेलुकी भएको खेलमा नेपालले भुटानलाई २-१ गोलले पराजित गरेको हो ।

मालेस्थित राष्ट्रिय फूटबल स्टेडियममा भएको खेलमा नेपाललाई जित दिलाउन सुजन डंगोल र सुवास बमले समान एक/एक गोल गरे ।

जितसँगै नेपालले तीन अंक जोडेको छ । अब नेपालले दोस्रो खेलमा बुधबार श्रीलंकासँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *