अर्थविद् केशव आचार्यको निधन

काठमाडौँ । अर्थविद् केशव आचार्यको निधन भएको छ । उनको उपचारका क्रममा सोबार बिहान अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको आचार्यका छोरा शिखरले जानकारी दिएका छन् ।

आचार्यको शव अहिले चाबहिलस्थित ओम नर्सिङ होममा राखिएको र मङ्गलबार दाहसंस्कार गरिने शिखरले बताए ।

गत मङ्गलबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि मेडिकेयर अस्पताल भर्ना गरिएको थियो ।

त्यसपछि उनलाई मस्तिष्कघातको उपचारका लागि अन्नपूर्ण न्युरो अस्पतालमा लगिएको थियो ।
आचार्यको छोरी अचला अमेरिकाबाट मङ्गलबार बिहान काठमाडौँ आइपुग्ने र त्यसपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारले जानकारी दिएको छ ।

नेपाल राष्ट्र बैंकमा करिब तीन दशकभन्दा बढी सेवा गरेर कार्यकारी निर्देशकबाट अवकाश प्राप्त आचार्यले अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारको भूमिकासमेत निभाएका थिए । उनी मौद्रिक तथा वित्त नीतिका ज्ञाता मानिन्थे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *