शेयर बजारमा सामान्य अंकको वृद्धि

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार नेप्से सामान्य अंकले बढेको छ । सोमबार नेप्से ५.०१ अंकले बढेर २९३६.५६ विन्दुमा पुगेको हो । आज सेन्सेटिभ इण्डेक्स ०.२८ अंकले घट्दा फ्लोट इण्डेक्स ०.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०३ अंकले बढेका छन्। अघिल्ला दुई दिन उच्च वृद्धि भएको बजारमा सोमबार इन्ट्रा–डे करेक्सन देखिएको थियो ।

आइतबार २३ अर्ब ५९ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार १५ अर्ब ७८ करोड रुपैयाँमा सीमित भयो । आज सालपा विकास बैंक, रिलायन्स स्पिनिङ्ग मिल्स, सोलु हाइड्रोपावर र भुजुङ्ग हाइड्रोपावर को शेयर सकारात्मक सर्किट लेभलमा पुगेका छन्। मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर र होटल फरेष्ट इन करिब १० प्रतिशतले बढ्दा फस्ट माइक्रोफाइनान्सको मूल्य पनि करिब ९ प्रतिशतले उकालो लागेको छ।

कारोबार रकमका आधारमा कुमारी बैंक अग्रस्थानमा रहँदा शिवम् सिमेन्ट्स र नेशनल हाइड्रोपावर कम्पनी पनि उच्च कारोबार हुने सूचीमा परेका छन्। १३ उपसमूहमध्ये ७ उपसमूह बढ्दा ६ उपसमूह घटेका छन्।

उत्पादन तथा प्रशोधन उपसमूह सबैभन्दा बढी १.५३ प्रतिशतले बढेको छ भने जलविद्युत र म्युचुअल फण्ड उपसमूहमा पनि करिब १ प्रतिशतको वृद्धि देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *