काबुल । पछिल्लो एक वर्षको अवधिमा ३० लाखभन्दा बढी अफगानी शरणार्थी आफ्नो देश फर्किएका छन् । इरान, पाकिस्तान र टर्कीबाट ३० लाखभन्दा बढी अफगानी शरणार्थी अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानीले जानकारी दिएका छन् ।
“ती मुल्कबाट कुल ३१ लाख १४ हजार १०७ शरणार्थीहरू मार्च २० सम्मको एक बर्षको अवधिमा अफगानिस्तान फर्किएका छन्,” अफगानिस्तानको सरकारी रेडियो र टेलिभिजन (आरटीए) ले हक्कानीलाई उदृत गर्दै जनाएका छन् ।
“अफगान सरकारले ती देशबाट स्वदेश प्रवेश गर्ने mनाकाहमा फर्केकाहरूलाई व्यवस्थापनका लागि लगभग चार अर्ब अफगानी नगद प्रदान गर्नुका साथै अस्थायी आश्रयहरू प्रदान गरेको छ,” आरटीएले रिपोर्ट गरेको छ ।
सरकारी तथ्याङ्क अनुसार करिब ६० लाखभन्दा बढी अफगान शरणार्थीहरू कथित रूपमा छिमेकी इरान र पाकिस्तानमा बसिरहेका छन् र उनीहरूले कानुनी कागजातबिना शरणार्थीहरूलाई आफ्नो मातृभूमि फर्कन आग्रह गरेका छन्।
