काठमाडौं । ‘फेक रेस्क्यु’ प्रकरणमा ३३ जनालाई प्रतिवादी बनाउँदै अदालतमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयल काठमाडौंले आइतबार ३३ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गरेको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान पूरा गरेर चैत १ गते सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सरकारी वकिल कार्यालयले एक हप्ता लामो अध्ययनपछि अदालतमा मुद्दा दर्ता गरेको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए । सन् २०२२ यता भएको ‘फेक रेस्क्यु’ मा ३३ जना संलग्न रहेको अनुसन्धबाट देखिएको बताइएको छ ।
सीआईबीका एसएसपी शिवकुमार श्रेष्ठले ३३ जनाको संलग्नता देखिएपछि उनीहरूलाई कारबाहीको लागि राय दिइएको बताए । ‘फेक रेस्क्यु’मा संलग्नहरूलाई राज्यविरुद्धको कसुर र संगठित अपराधमा प्रतिवादी बनाउँदै अदालतमा मुद्दा दायर भएको हो ।
