राप्रपाको निर्देशन समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा

काठमाडौँ । राप्रपा निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पदबाट राजीनामा दिएका छन् । हालै सम्पन्न निर्वाचनको परिणामले आफूलाई स्तब्ध बनाएको भन्दै लोहनीले राजीनामा दिएका हुन् ।

निर्वाचन परिणामपछि नेतृत्व तहका सबै जिम्मेवार पदाधिकारीहरुले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने र जनभावना अनुरुप तदर्थ समिति गठन गरि महाधिवेशनमा जानुपर्ने उनले माग गरेका छन् ।

उनले महाधिवेशन पछि मात्रै जिम्मेवारी प्राप्त भएमा लिनु पर्ने जनाउदै आफू निर्देशन समितिको अध्यक्ष पदबाट अलग हुँदै राजीनामा दिएको उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *