-कल्याण गुरुङ ।
नेपालको अब बन्ने नयाँ सरकार र संसदले दीर्घकालमा तराईलाई मरुभूमी हुन सक्ने प्रबल सम्भावनाहरुबाट जोगाउन तत्काल गर्नुपर्ने केही महत्वपुर्ण कामहरु छन् । वातावरण तथा जलवायू परिवर्तनको असर दीर्घकालीन हुन्छ । वातावरण तथा जलवायू परिवर्तनको असर विश्वव्यापी हुन्छ । यसको असरबाट सबै भूभागहरु जस्तै– हिमाल, पहाड, तराई र समुन्द्र प्रभावित भएका हुन्छन् ।
१. हिन्दकुश हिमालय हिमश्रृखलाहरुमा हिउँ भएन भने दीर्घकालमा तराई मरुभूमी हुन सक्ने सम्भावना प्रबल हुन सक्छ ।
२. हिमालयहरुमा हिउँ भएन भने र हिम नदीहरुको संरक्षण गरिएन भने दीर्घकालमा तरांई मरुभूमी हुन सक्ने सम्भावना प्रबल हुन सक्छ ।
३. पहाडमा वर्षा भएन भने र हरियाली भएन भने दीर्घकालमा तराई मरुभूमी हुन सक्ने सँभावना प्रबल हुन सक्छ ।
४. चुरेमा जंगल भएन भने, चुरेमा धेरै मात्रामा भूस्खलन भयो भने, चुरेमा घना बस्ती बस्यो भने, चुरेमा कंक्रिट र प्लास्टिकको प्रयोग हुने काम धेरै भयो भने र चुरेको संरक्षण भएन भने दीर्घकालमा तराई मरुभूमी हुन सक्ने सम्भावना प्रबल हुन सक्छ ।
५. भावरमा घना बस्ती बस्यो भने, भावरमा पानीको मुहानहरु सुक्यो भने, भावरमा कंक्रिट र प्लास्टिकको कामहरु धेरै मात्रामा भयो भने र भावरमा पानीको रिचार्ज गर्ने माटोको पोखरीहरु निर्माण नगर्ने हो भने दीर्घकालमा तरांई मरुभूमी हुन सक्ने संभावना प्रबल हुन सक्छ ।
६. तराईमा डिप बोरिङहरुको धेरै मात्रामा प्रयोग गरियो भने, तराईमा जंगलको विनाश भयो भने, तराईमा वृक्षारोपण गरेर हरियाली भएन भने, तराईमा पानीको रिचार्ज गर्ने पोखरीहरु निर्माण गरिएन भने र तराईमा जथाभावी धेरै मात्रामा प्लास्टिकको प्रयोग गरियो भने दीर्घकालमा तरांई मरुभूमी हुन सक्ने सम्भावना प्रबल हुन सक्छ ।
७. तरांईको नदी, खोला. नहरहरु, सीमसार क्षेत्रहरु, पोखरीहरु, कुवा, ईनार र पानीका मुहानलगायतका पानीको स्रोतहरुको संरक्षण र संबद्धन गरिएन भने र साथसाथै नदी र खोलाहरुको दुबै तर्फ बलियो र फराकिलो तटबन्ध गरिएन भने र बाढी नियन्त्रण गरिएन भने दीर्घकालमा तरांई मरुभूमी हुन सक्ने सम्भावना प्रबल हुन सक्छ ।
८. नदी र खोलाहरुको जथाभावी अनियन्त्रित र अवैधानिक उत्खनन गरियो भने, नदी र खोलाबाट अनियन्त्रितरुपमा ढुंगा, गिट्टी र बालुवा निकालियो भने, नदी र खोलाहरुमा प्लास्टिक, केमिकल पदार्थ लगायतका फोहोरहरु जथाभावी फालियो भने तथा नदी र खोलाहरुको किनारामा अनियन्त्रितरुपमा बस्तिहरु बस्न र भवनहरु निर्माण हुन थाल्यो भने दीर्घकालमा तरांई मरुभूमी हुन सक्ने संभावना प्रबल हुन सक्छ ।
९. तराईमा सतही सिंचाई र खानेपानीका आयोजनाहरु संचालन गर्न बजेट विनियोजन गरि काम शुरु गर्नु पर्छ । तरांईमा सतही सिंचाई र खानेपानीका आयोजनाहरु तत्काल संचालन गरिएन भने दीर्घकालमा तरांई मरुभूमी हुन सक्ने सम्भावना प्रबल हुन सक्छ ।
१० उद्योगहरुबाट निस्कने धुवाँलाई कम गर्ने प्रविधिहरुको प्रयोग अनिवार्य गरिएन भने, उद्योगका केमिकल पदार्थहरु नदी र खोलामा बगाउनलाई अनिवार्यरुपमा रोकिएन भने र उद्योगका फोहोरहरुलाई नदी र खोलामा बगाउन तत्काल अनिवार्यरुपमा रोकिएन भने दीर्घकालमा तराई मरुभूमी हुन सक्ने संभावना प्रबल हुन सक्छ ।
हिमाल, पहाड, तरांई र समुन्द्र एक आपसमा सम्बन्धित छन् । यिनीहरुको पारस्परिक सम्बन्धले नै पृथ्वीमा मानव लगायतका प्राणीहरु र वृक्ष लगायतका बोटबिरुवा र झारपातहरुको अस्तित्व जोगिएको छ । यसर्थ, बेलैमा सचेत बनौं । बेलैमा होस गरौं । चेतनशील बनौं र जनचेतना जागृत गरौं । वातावरण जोगाऔं र जलवायू परिवर्तनको असरलाई न्यूनीकरण गर्न सबैले सक्दो योगदान गरौं ।
