काठमाडौँ । नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा सात हजार ८०० रुपैयाँ र चाँदी ११५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९४ हजार ५०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८९५ रुपैयाँ कायम भएको छ ।
हिजो बिहीबार एक तोला सुन रु तीन लाख दुई हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार १० कायम भएको थियो ।
गत बुधबार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख सात हजार ७०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार १५० कायम भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तराूष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
