काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगका खेलहरु अनिश्चितकालका लागि स्थगित गरेको छ । अध्यागमन विभागले पर्यटक भिसामा आएका विदेशी खेलाडीलाई नखेलाउन पत्राचार गरेपछि एन्फाले लिग स्थगित गरेको हो ।
एन्फाले बिहीबार राष्ट्रिय लिगमा सहभागी क्लबहरुलाई पत्र लेख्दै प्राविधिक कारणले खेलहरु अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरेको जानकारी गराएको छ ।

