राप्रपा संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही र प्रमुख सचेतकमा खुश्बु ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदीय दलको नेता ज्ञानेन्द्र शाहीलाई बनाउने निर्णय गरेको छ ।

बिहीबार बसेको संसदीय दलको बैठकले शाहीलाई संसदीय दलको नेता र प्रमुख सचेतकमा खुश्बु ओलीलाई बनाउने निर्णय गरेको हो ।

बैठक पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा बसेको हो । राप्रपाले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १ सिट र समानुपातिकमा ४ सिट प्राप्त गरेको छ ।

शाही राप्रपाबाट प्रत्यक्ष निर्वाचित एक्ला सांसद हुन् । उनी जुम्लाबाट निर्वाचित भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *