पाकिस्तानमा वर्षाका कारण १७ जनाको मृत्यु, ३० घाइते

इस्लामावाद ।  पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा वर्षाका कारण कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।

स्थानीय अधिकारी र उद्धार कर्मचारीहरूका अनुसार भारी वर्षाले सहरका पूर्वाधारमा प्रहार गरे पछि सहरका धेरै क्षेत्रहरूबाट हताहत भएको रिपोर्ट गरिएको छ । देशको दक्षिणी सिन्ध प्रान्तको राजधानी कराँचीको बलदिया टाउन क्षेत्रमा वर्षका कारण पर्खाल ढलेपछि ११ जनाको मृत्यु भएको उद्धारकर्मीले बताएका छन् ।

कायद आबाद क्षेत्रमा घरको छत खसेपछि एक दम्पती र सहरका विभिन्न क्षेत्रमा अन्य छ जनाको मृत्यु भएको जनाइएको छ । कराँचीका मेयर मुर्तजा वहाबले सहरमा हाल तीव्र हावासहित भारी वर्षा भइरहेको जानकारी दिँदै बासिन्दाहरूलाई अनावश्यक आवागमनबाट टाढा रहन आग्रह गरेका छन् ।

मेयरले सहरका धेरै क्षेत्रहरूमा वर्षाको पानी जम्मा भएको जनाउदै, यातायात र दैनिक जीवनमा बाधा पुर्याउने घटनाहरूको व्यवस्थापन गर्न शहरमा टोलीहरू पठाइएको बताएका छन्। सिन्धका मन्त्री नासिर हुसेन शाहले आँधीबेहरीपछि कराचीसहित प्रान्त भरी उच्च सतर्कता घोषणा गरेका छन् ।

पाकिस्तानको मौसम विभागले पश्चिमी मौसम प्रणालीको प्रभावमा बिहीबारसम्म कराची र सिन्धका अन्य भागहरूमा भारी हावा र असिनाका साथ वर्षा र आँधीबेहरीको पूर्वानुमान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *