नेप्सेमा ६४ अंकको वृद्धि

काठमाडौँ । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार शेयर बजनर नेप्से उच्च अङ्कले बढेको छ । बिहीबार नेप्से ६४ दशमलव ६७ प्रतिशतले बढेर २ हजार ८७७ दशमलव ०२ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा विकास बैंक समूहको शेयर सबैभन्दा धेरै ३ दशमलव ९५ प्रतिशतले उकालो लागेको छ । आज २४० वटा कम्पनीको शेयर बढेकोमा २२ वटाको घटेको छ । यस्तै २ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आज ३४२ वटा कम्पनीका ५ करोड ६९ लाख कित्ता शेयर २१ अर्ब २२ करोड रुपैयाँमा किनबेच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *