नेपाली कांग्रेसका सभापति गगन थापाले दिए राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबारनै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् ।

सर्लाही–४ बाट उठेका थापा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का डा अमरेशकुमार सिंहसँग पराजित भएका थिए । पराजित भएलगत्तै उपसभापति शर्मालाई भेटेर राजीनामा दिने मनस्थिति बनाएका थिए ।

थापा निर्वाचनअघि भएको विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति निर्वाचित भएका थिए । थापाले दिएको राजीनामाबारे पार्टीको आगामी बैठकले निर्णय लिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *