जय ट्रफी फाइनल : पुलिसमाथि आर्मीलाई १ सय ७८ रनको अग्रता

काठमाडौं । जय ट्रफी मेन्स इलिट कपको फाइनलको दोस्रो दिन नेपाल पुलिस क्लबमाथि त्रिभुवन आर्मी क्लबले १ सय ७८ रनको अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा आर्मीले दोस्रो इनिंसको ५२ ओभरमा ९ विकेटको क्षतिमा १ सय ७८ रन बनाएको हो ।

आर्मीको लागि आकाश चन्द १५ र सोमपाल कामी सुन्य रनमा नटआउट छन् । यसअघि कुशल मल्लले ३६, शाहाब आलमले ३३, भीम शार्कीले ३२, त्रित राज दासले २०, इमरान शेखले १६ र कप्तान विनोद भण्डारी १२ रन बनाउँदै पभिलियन फर्किएका थिए ।

पुलिसको लागि करण केसी, ललित राजवंशी र सागर ढकालले समान तीन/तीन विकेट लिए ।

यसअघि मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले ५८.२ ओभरमा अलआउट हुँदै २ सय २१ रन बनाएको थियो । आर्मीको लागि इमरान शेखले अर्धसतक बनाए । उनले १ सय ३७ बल खेल्दै ७ चौकाको मद्दतमा ५० रन बनाए । यस्तै भीम शार्कीले ३९, कुशल मल्लले ३८, त्रित राज दासले ३२, बासिर अहमदले ३० र सोमपाल कामीले १७ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

पूलिसको लागि रशिद खानले ४ ओभर बलिङ गरेर एक मेडन राख्दै १७ रन दिएर चार विकेट लिए । यस्तै करण केसी र ललित राजवंशीको नाममा तीन/तीन विकेट रह्यो ।

जवाफी ब्याटिङमा उत्रिएको पुलिसले ६१.४ ओभरमा अलआउट हुँदै २ सय २१ रन बनाएको थियो । पुलिसको लागि करण केसीले अर्धसतक बनाए । उनले १ सय ९ बल खेल्दै ७ चौका र दुई छक्काको मद्दतमा ७२ रन बनाए । यस्तै कप्तान आरिफ शेखले ४४, ललित राजवंशीले २०, कुशल भुर्तेलले १८, दिनेश खरेलले १७ तथा रशिद खान र शंकर रानाले समान १५/१५ रन बनाए ।

आर्मीको लागि सोमपाल कामीले १७ ओभरमा ३ मेडन राख्दै ७२ रन दिएर ५ विकेट लिए । यस्तै आकाश चन्दले दुई विकेट लिँदा शाहाब आलम, पवन कार्की र नरेन साउदको नाममा एक/एक विकेट रह्यो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *