सहिद स्मारक एन्फा महिला लिग आजबाट शुरू हुँदै

काठमाडौं । सहिद स्मारक एन्फा महिला लिग २०२६ आजबाट शुरू हुँदैछ । आजबाट हुने लिगमा ९ टोलीले सहभागिता जनाउँदैछन् ।

आज हुने उद्धाटन खेलमा न्युरोड टिम र संकटा एफसी भिड्नेछन् । दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी फूटबल क्लबले झापा एफसीको सामना गर्नेछ । दुवै खेल च्यासल स्टेडियममा हुनेछ ।

लिगमा तीन विभागीय टोली नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी फूटबल क्लब र नेपाल पुलिस क्लबसहित न्युरोड टिम, बागमती युथ क्लब, चर्च ब्वाइज युनाइटेड, आरएस पोखरा, झापा फूटबल क्लब र संकटा एफसी प्रतिस्पर्धा गर्नेछन् ।

लिग ४ जेठसम्म चल्नेछ । लिगका खेलहरु दशरथ स्टेडियम, एन्फा कम्प्लेक्स र च्यासल स्टेडियममा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *