राष्ट्रिय लिगमा श्री भगवती र नव जन जागृति विजयी

काठमाडौं । एन्फा राष्ट्रिय लिगमा श्री भगवती क्लब र नव जन जागृति युवा क्लब विजयी भएका छन् । मंगलबार दिउँसो भएको खेलमा श्री भगवती क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई १-० गोलले हराएको हो ।

जितसँगै भगवती १२ खेलबाट १२ अंक जोड्दै १२ औँ स्थानमा रहेको छ भने समान खेलबाट १३ अंक जोडेको मनाङ नवौं स्थानमा रहेको छ ।

यस्तै आजै भएको अर्को खेलमा नव जन जागृति युवा क्लबले काक्रे बिहार युथ क्लबलाई २-१ गोलले पराजित गरेको हो ।

नव जन जागृतिको लिगमा यो पहिलो जित हो । जितसँगै जन जागृति ११ खेलबाट ४ अंक जोड्दै तालिकाको १६ औँ स्थानमा रहेको छ भने समान खेलबाट एक अंक जोडेको काक्रे बिहार पुछारमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *