बेइजिङ । चीनले अफगानिस्तान र पाकिस्तानलाई शान्त रहन संयमता अपनाउन र जति सक्दो छिटो वार्ताको माध्यमबाट युद्धविराम गर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले मंगलबार आह्वान गरेका छन् ।
हालैको अफगानिस्तान–पाकिस्तान द्वन्द्वका बारेमा पत्रकारहरूसँगको साक्षातकारको क्रममा उनले यस्तो बताएका हुन्।
अफगानिस्तान र पाकिस्तान छिमेकीहरू एक अर्काबाट टाढा रहन नसकिने उल्लेख गर्दै लिनले उनीहरूका समस्या समाधानका लागि संवाद र परामर्श एक मात्र प्रभावकारी उपाय भएको बताएका छन् ।
चीनले अफगानिस्तान र पाकिस्तानलाई चिनियाँ कर्मचारी, परियोजना र संस्थाहरूको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको समेत लिनले पुष्टि गरे। चीनले तनाव कम गर्न र अफगानिस्तान र पाकिस्तान बीचको सम्बन्ध सुधार गर्न रचनात्मक भूमिका खेल्ने पनि उनले बताए ।
