काठमाडौँ । साताको तेस्रो दिन मंगलबार शेयर बजार नेप्से दोहोरो अंकले बढेको छ । मंगलबार नेप्से १३.५१ अंकले बढेर २८१२.३४ विन्दुमा पुगेको हो । आज ३ करोड ४८ लाख कित्ता शेयर १२ अर्ब ३ करोडमा किनबेच भएको छ । आज १३२ वटा सेयरको मूल्य बढ्दा ११३ वटाको घटेको छ ।
आज एनआईसी एसिया ग्रोथ फन्ड २ सर्वाधिक ४.७४ प्रतिशतले घटेको छ । रिडी पावर कम्पनी ५६ करोड, आखु खोला जलविद्युत् कम्पनी ५१ करोड, नेशनल हाइड्रोपावर ४८ करोड, हिमाल दोलखा हाइड्रोपावर ४६ करोड र शिवश्री हाइड्रोको ४४ करोडको कारोबार भएको छ।
