रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका मेयरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम) स्थित चौरजहारी नगरपालिकाका मेयर पुष्प वादीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । करार सेवामा कार्यरत कर्मचारीको म्याद थप गरिदिएबापत एक लाख रुपैयाँ घुस लिएको अभियोगमा आयोगले उनीसहित घुस दिने कर्मचारीविरुद्ध मंगलबार मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार चौरजहारी नगरपालिकामा असिस्टेन्ट सब–इन्जिनियर पदमा करारमा कार्यरत मोहन शाहको म्याद थप गर्न नगर प्रमुख वादीले घुस मागेका थिए ।

आर्थिक वर्ष २०८१/०८२ को लागि म्याद थप्न एक लाख रुपैयाँ माग गर्दा नगद दिन नसकेपछि शाहलाई सेवाबाट बर्खास्त गरिएको थियो। तर, पछि आर्थिक वर्ष २०८२/०८३ को म्याद थप गर्नका लागि शाहले २०८० साउन ८ गते (२४ जुलाई २०२३) नगर प्रमुख वादीको व्यक्तिगत बैंक खातामै एक लाख रुपैयाँ जम्मा गरिदिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *