काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि भएको छ । सुन तोलामा चार सय र चाँदी ७० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख नौ हजार ९०० कायम भएको छ भने एक तोला चाँदीको मूल्य रु पाँच हजार ३३५ निर्धारण भएको छ ।
हिजो सोमवार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख नौ हजार ५०० कायम भएको थियो भने एक तोला चाँदीको मूल्य रु पाँच हजार २६५ निर्धारण भएको थियो । गत आइतवार एक तोला सुन रु तीन लाख नौ हजार ४०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार २७० मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ३० र त्यति नै परिमाणको सेतो धातु ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
