नेपालले परराष्ट्र नीतिमा सन्तुलन कायम राख्नुपर्छ : पूर्वपरराष्ट्रमन्त्री कोइराला

काठमाडौँ । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले नेपालले परराष्ट्र नीतिमा सन्तुलन कायम राख्नुपर्ने बताएकी छिन् ।

पूर्वउपप्रधान एवं परराष्ट्रमन्त्रीसमेत रहेकी कोइरालाले आज सञ्चारकर्मीसँग कुरा गर्दै सबै छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई सन्तुलन कायम राख्नुपर्ने बताएकी हुन् । नेत्री कोइरालाले कांग्रेसलाई आधुनिकीकरण र प्रविधिमैत्री बनाएर अगाडि बढ्नुपर्ने बताइन्। उनले पार्टीभित्र र देशभित्र सहमति, सहकार्य र एकताको खाँचो रहेको औँल्इन् ।

उनले कांग्रेस सभापति गगनकुमार थापाले पार्टीभित्र सबैलाई समेटेर अगाडि बढ्नुपर्ने बताइन् । नेत्री कोइरालाले कांग्रेसले जेनजी आन्दोलनको मर्म र भावनालाई सम्बोधन गरेर अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो । पार्टीको हरेक संरचनामा युवा सहभागिता आवश्यक रहेको उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *