काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ कानुनअनुसार तोकिएको ‘क्लष्टर’बमोजिम निर्वाचित ११० सांसदको सूची सार्वजनिक गरेको छ ।
सार्वजनिक सूचीअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक निर्वाचन प्रणालीतर्फ ५७ सांसद निर्वाचित भएका छन् । यसैगरी नेपाली कांग्रेसबाट २०, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिवादी) बाट १६, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट नौ, श्रम संस्कृति पार्टी र राप्रपाले चार÷चार जना सांसद निर्वाचित भएको आयोगका सचिव एवं समानुपातिकतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउतले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
गत फागुन २१ गतेको निर्वाचनमा समानुपातिकतर्फ एक करोड १२ लाख ८० हजार ६१७ मतदान भएकामा एक करोड आठ लाख ३५ हजार २५ मत सदर भएका थिए ।




