प्रधानसेनापति सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुखको भेट

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख लेफ्टिनेन्ट जनरल जोएल भोवेलले भेटवार्ता गरेका छन् ।

सैनिक मुख्यालय जङ्गीअड्डामा सोमबार भएको भेटवार्तामा उनीहरूबीच द्विपक्षीय हितका विषयमा विचारविमर्श भएको थियो ।

पूर्वनिर्धारित कार्यक्रम बमोजिम नियमित भ्रमणका सिलसिलामा भोवेल नेतृत्वको टोली भारत, भुटान हुँदै आइतबार नेपाल आएको हो ।

टोलीले काभ्रेको पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण गर्नेछ । उक्त टोली भोलि मङ्गलबार थाइल्याण्डतर्फ जाने भएको जनाइएको छ ।

लेफ्टिनेन्ट जनरल भोवेलको भ्रमणबाट नेपाल–अमेरिकाबिचको सम्बन्ध प्रगाढ हुनाका साथै मानवीय सहयोग, विपद् व्यवस्थापन तथा अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा योगदान पुग्ने विश्वास लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *