सार्वजनिक यातायातको भाडा समायोजन गर्न सरकारसँग महासंघको माग

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातको भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ ।

महासंघका महासचिव डेकनाथ गौतमले सोमबार विज्ञप्ति जारी गरी एकाएक भारी मूल्यवृद्धिले यातायात व्यवसायी र उपभोक्ता दुवैलाई प्रत्यक्ष मार परेको उल्लेख गरेका छन् ।

नेपाल आयल निगमले डिजेलमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोलमा १५ रुपैयाँ मूल्य बढाएको भोलिपल्ट महासंघले विज्ञप्ति जारी गर्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

यातायात व्यवस्था विभागले स्वचालित प्रणालीबाट भाडा समायोजन गर्दै आएको भए पनि २०७८ फागुन २२ गतेदेखि भाडा समायोजन नभएको भन्दै महासंघले असन्तुष्टि व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *