प्रधानमन्त्रीले आफ्नै स्वकीय सचिवलाई गरेको नियुक्ति शतप्रतिशत गलत होः महावीर पुन

काठमाडौँ । पूर्वशिक्षामन्त्री महावीर पुनले प्रधानमन्त्री सुशीला कार्कीले आफ्ना प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष नियुक्त गर्नु गलत भएको बताएका छन् । सामाजिक संजालमार्फत पुनले प्रधानन्त्रीको नियुक्ति प्रक्रिया गलत भएकाले पद स्वीकार नगर्न श्रेष्ठलाई आग्रह गरेका हुन् । उनले प्रधानमन्त्रीको इज्जत धुलोमा नमिसाउन पनि श्रेष्ठले त्यो पद लिन नहुने उनले बताएका छन् ।

उनले भनेका छन्, ‘प्रधानमन्त्रीज्यूले राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुखको पदमा आफ्नै स्वकिय सचिव आदर्श श्रेष्ठ लाई गरेको नियुक्ति १०० प्रतिशत गलत हो । आदर्श भाइ, प्रधानमन्त्रीज्यूको इज्जत धुलोमा नमिसियोस् भन्नाको खातीर त्यो पद नलिउ । त्यति सानो लोभले प्रधानमन्त्रीज्यूले कमाउनु भएको ऐतिहासिक इज्जत कृपया धुलोमा नमिलाई देउ । यस्तै किसिमको नातावाद, चाकरीवाज, कृपावाद, चाप्लुसीवादले पुराना दलहरु खतम भए । यही पाराले काम गर्ने हो भने नयाँ दलहरु पनि कालान्तरमा मासिन्छन् । होसियार गर्ने म छु । त्यो नियुक्ती अव आउने सरकारले बुद्धि पुर्याएर गरोस् ।’

प्रधानमन्त्री कार्कीले श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा श्रेष्ठलाई मनोनीत गरेकी थिइन् । उनी आगामी ५ वर्षका लागि उक्त पदमा मनोनीत भएका हुन् । यसअघिका अध्यक्ष ऐनबहादुर शाहीले पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा श्रेष्ठलाई मनोनित गरिएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ ले कोषको संरक्षक प्रधानमन्त्री रहने र संरक्षकले अध्यक्ष मनोनयन गर्ने व्यवस्था गरेको छ । तर प्रधानमन्त्रीको यो कदमको सर्वत्र विरोध भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *