काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतले सर्वोच्च अदालतको अवहेलना गरेको भन्दै दायर अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्न आदेश भएको छ ।
मंगलबार न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको इजलासले लिखित जवाफ माग्ने आदेश दिएको हो ।
जेनजी आन्दोलनलगत्तै विघटन भएको प्रतिनिधि सभा पुनर्स्थापनासम्बन्धी मुद्दाको विषयलाई लिएर न्यायाधिशहरूविरूद्ध अभिव्यक्ति दिएको भन्दै बस्नेतविरूद्ध मुद्दा दायर भएको थियो ।
नेता बस्नेतले गत माघ ११ गते प्रेस चौतारी नेपालद्वारा आयोजित एक कार्यक्रममा सर्वोच्च अदालत र न्यायाधीशविरुद्ध अवहेलनाजन्य अभिव्यक्ति दिएको दाबीसहित अधिवक्ता लवन न्यौपानेले मुद्दा दायर गरेका थिए ।
