कांग्रेस शीर्ष नेताहरुद्वारा बालुवाटारमा प्रधानमन्त्रीसँग भेट

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापासहितका पदाधिकारीको टोलीले आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेको छ ।

सभापति थापा, पार्टी उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाललगायत सहभागी टोलीले आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग भेट गरेको हो ।

गृहमन्त्री ओमप्रकाश अर्यालसहितको भेटमा प्रधानमन्त्री कार्कीले विभिन्न भूमिकामा रहेर निर्वाचन सफल बनाउन कांग्रेसले निर्वाह गरेको सहयोगी भूमिकाप्रति आभार व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार प्रधानमन्त्री कार्कीले  निर्वाचनमा पराजित हुँदैमा विचलित नहुन कांग्रेस नेताहरूलाई आग्रह गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *