राष्ट्रिय लिगमा जावलाखेल विजयी

काठमाडौं । एन्फा राष्ट्रिय लिगमा जावलाखेल युथ क्लब विजयी भएको छ । आइतबार दिउँसो भएको खेलमा काक्रे बिहार युथ क्लबलाई ४-१ गोलले पराजित गर्दै जावलाखेलले लिगमा चौथो जित निकालेको हो ।

एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेललाई जित दिलाउन निकोलस ओडाने हामिल्टनले दुई गोल गर्दा बौबाकर सिस्सोखो र विकाश दर्लामी मगरले समान एक/एक गोल गरे  । खेलको छैटौँ मिनेटमा काक्रे बिहारले खेलमा अग्रता लिएको थियो । १६ औँ मिनेटमा सिस्सोखोले गोल गर्दै जावलाखेललाई १-१ गोलको बराबरीमा ल्याए । ५० औँ मिनेटमा हालिल्टनले गोल गर्दै जावलाखेललाई खेलमा अगाडि बढाएका थिए ।

६४ औँ मिनेटमा विकाशले गोल गर्दै जावलाखेललाई ३-० गोलको अग्रता दिलाए ।  यस्तै इन्जुरी समयमा हामिल्टनले व्यक्तिगत दोस्रो गोल गर्दै जावलाखेललाई ४-१ गोलको जित दिलाएका हुन् ।

जितसँगै जावलाखेल १० खेलबाट १३ अंक जोड्दै अंक तालिकाको दसौँ स्थानमा उक्लिएको छ भने समान खेलबाट एक अंक जोडेको काक्रे बिहार १६ औँ स्थानमा रहेको छ ।

आजै भएको अर्को खेलमा चित्लाङ एफसी र नेपाल एपीएफ क्लबले गोलरहित बराबरी खेलेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *