७० लाख घुस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक अधिकारीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयतबार अख्तियारले अधिकारीले ७० लाख रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अधिकारीले एचके इन्टरप्राइजेज प्रालिको राजस्व अनुसन्धान विभागमा रहेको राजस्व चुहावट सम्वन्धी छानबिन तथा राजस्व चुहावट सम्वन्धी अन्य कसुरबाट बच्न सहजीकरण गरे वापत उक्त रकम लिएको अख्तियारको आरोप छ ।

इन्टरप्राइजेजका संचालक श्रीकृष्ण श्रेष्ठबाट घुस लिँदा विकास चापागाई, देवेन्द्र केसी, रविन्द्र लामिछाने लगायतसँग सल्लाह तथा मिलेमतो गरेको पाइएको अख्तियारले दाबी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *