काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा समानुपातिकतर्फ २० जनाको नाम छनोट गरेको छ । केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले समानुपातिकतर्फ २० सिटमा १५ जना महिला र ५ जना पुरूषको नाम सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् ।
कांग्रेसले समानुपातिकमा २० सिट जितेको छ । आयोगले दिएको निर्देशनअनुसार नै क्लस्टर छुट्टाएर नाम सिफारिस गरिएको प्रवक्ता चालिसेले बताए । उनले कम्तीमा १५ महिला सिफारिस गर्न भने बमोजिम नै सिफारिस गरिएको जानकारी दिए ।
अहिले नाम भने सार्वजनिक नगरिएको पनि उनले उल्लेख गरेका छन् । कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट जितेको छ । जसमा एक जनामात्र महिला उम्मेदवार विजेता बनेकी छिन् ।
