समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ ।पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्ने विषयमा मुख्य रूपमा छलफल हुने छ ।

सभापति रवि लामिछानेको अस्वस्थताका कारण यसअघि शनिबार बस्ने भनिएको सचिवालय आज बिहानका लागि सारिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *