भक्तपुरको गुण्डुमा एमाले सचिवालय बैठक सुरु

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । भक्तपुरस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक सुरु भएको हो । बैठकमा समानुपातिकतर्फबाट निर्वाचित सांसदको नाम टुङ्गो लगाउने र निर्वाचनको समीक्षा हुने बताइएको छ ।

निर्वाचन आयोगले आज प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फबाट निर्वाचन उम्मेदवारका नाम सिफारिस गर्न राजनीतिक दललाई समयसीमा तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *