ओलीलाई पितृशोक परेकोमा समवेदना दिँदै बालेनले भने-मलाई महसुस छ, पिताको अनुपस्थितिले जिन्दगीमा कति रित्तोपन ल्याउँछ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पर्न गएको पितृशोकप्रति समवेदना व्यक्त गरेका छन् ।

शुक्रबार साँझ सामाजिक संजालमार्फत बालेनले ओलीलाई समवेदना दिएका हुन् । उनले केही समय अघि मात्रै पिता गुमाएकाले आफूलाई महसुस भएको भन्दै पिताको अनुपस्थितिले जिन्दगीमा कति रित्तोपन ल्याउने उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘नास्ति पितृसमं त्राता, नास्ति पितृसमो गुरुः। नास्ति पितृसमं दैवं, तस्मै श्रीपितृदेवाय नमः।। पिताजस्तो रक्षक कोही छैन, पिताजस्तो गुरु कोही छैन, पिताजस्तो देवता पनि कोही छैन । ’पात्र एक, भूमिका अनेक।’ केही समय अघि मात्रै पिता गुमाएकाले मलाई महसुस छ – पिताको अनुपस्थितिले जिन्दगीमा कति रित्तोपन ल्याउँछ, कस्तो अपूरणीय अभाव ल्याउँछ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई पर्न गएको पितृशोकमा हार्दिक समवेदना व्यक्त गर्दछु । पिताजीप्रति हार्दिक श्रद्धाञ्जली, वैकुण्ठवास होस्।’

ओलीका पिता मोहनप्रसाद ओलीको आज बिहान निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *