काठमाडौँ । सर्वोच्च अदालतमा धनुषा क्षेत्र नं १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार किशोरी साहको मुद्दामा आइतबार सुनुवाइ हुने भएको छ ।
न्यायाधीशद्वय शारङ्गा सुवेदी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा आज सुनुवाइ तय भएकामा न्यायाधीश शारङ्गा सुवेदीले साहको मुद्दा हेर्न नमिल्ने भएपछि आज सुनुवाइ हुन नसकी आइतबारका लागि सारिएको हो ।
न्यायाधीश सुवेदीले बिहीबार मात्रै साहकै अर्को मुद्दामा आदेश गरेको हुनाले हेर्न नमिलेको हो । निर्वाचन आयोगले कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका उल्लेख गर्दै यही फागुन १९ गते साहको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो ।
सोही आयोगको निर्णयविरुद्ध साहले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । अदालतले साहलाई कालोसूचीमा राख्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश गरेको थियो ।
