काठमाडौं । एन्फा राष्ट्रिय लिगमा मछिन्द्र फूटबल क्लब विजयी भएको छ । शुक्रबार दिउँसो भएको खेलमा नेपाल पुलिस क्लबलाई १-० गोलले हराउँदै मछिन्द्र लिगको शीर्ष स्थानमा उक्लिएको हो ।
दशरथ स्टेडियममा भएको खेलमा अविनाश स्याङ्तानले निर्णायक गोल गरे । खेलको ३२ औँ मिनेटमा अविनाशले गरेको गोलनै मछिन्द्रलाई जित दिलाउन निर्णायक बन्यो ।
जितसँगै मछिन्द्र १० खेलबाट २५ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ भने समान खेलबाट ८ अंक जोडेको पुलिस १२ औँ स्थानमा रहेको छ ।
