काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा स्वीटजरल्यान्डका गग्लीएल्मो एरेना नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार सामाजिक सञ्जालमार्फत टोलीको मुख्य प्रशिक्षकमा एरेनालाई नियुक्त गरेको जानकारी दिएको हो । यसअघि लाओसको यू-२३ टोलीमा केयरटेकरको भूमिका निर्वाह गरिसकेका एरेनाको सम्झौता १ मार्चदेखि २०२७ फेब्रुअरी अन्तिमसम्म रहने एन्फाले जनाएको छ ।
मुख्य प्रशिक्षक एरेनालाई एन्फा महासचिव किरण राईले नियुक्ति पत्र दिएका थिए ।
एरेनाको प्रशिक्षणमा नेपालले मार्टोच २६ मा त्लीरिपुरेश्लेवरस्थित दशरथ रंगशालामा हङकङविरुद्ध पहिलो खेल खेल्नेछ ।
