काठमाडौँ । उपभोक्ताले अबदेखि खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाउने भएका छन् । उपभोक्ताले आवश्यकभन्दा बढी परिमाणमा ग्यास भण्डार गर्न थालेपछि नेपाल आयल निगमले अबदेखि बजारमा आधा सिलिन्डर ग्यास पठाउने निर्णय गरेको हो ।
बिहीबार बसेको निगम संचालक समितिको बैठकले यस्तो निर्णय गरेको निगमका कार्यकारी निर्देशक चण्डीकाप्रसाद भट्टले जानकारी दिएका छन् । मध्यपूर्वको युद्धका कारण बजारमा केही समयदेखि ग्यासको अभाव देखिएको छ । उपभोक्ता ग्यास लिन लामो लाइनमा बस्दै आएका छन् । भारतबाट माग बमोजिम ग्यास नआएपछि समस्या उत्पन्न भएको हो ।
उता भारतमा पनि ग्यासको हाहाकार भएको छ । भारत सरकारले रष्टुरेन्टहरुलाई ग्यास उपलब्ध गराउन नसक्ने बताइसकेको छ । नेपालले इन्डियन आयल कर्पोरेशनबाट खरिद गरेर ग्यास ल्याउने गरेको छ ।
