आगामी दिनमा नेपालसँगको सम्बन्धबारे भारतीय विदेश मन्त्रालयका प्रवक्ता(भिडियोसहित)

काठमाडौँ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भारत र नेपालबीच अद्वितीय र बहुआयामिक साझेदारी तथा सम्बन्ध रहेको भन्दै आगामी दिनमा अझै बलियो हुने विश्वास व्यक्त गरेका छन् ।

नयाँदिल्लीमा बिहीबार आयोजित नियमित साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता जैसवालले आगामी दिन र वर्षहरुमा दुई देशबीचको गतिशील सम्बन्ध थप प्रगाढ र बलियो हुँदै जाने विश्वास भारतले लिएको बताएका हुन् ।

उनले भारत सरकारले नेपालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा स्वागत गरिसकेको र रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन साहलाई प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ दिएको उल्लेख गरे । संवादका क्रममा भारतीय प्रधानमन्त्री मादीले दुवै नेतालाई उनीहरूको निर्वाचन जित तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रभावशाली सफलताका लागि बधाई दिएका थिए ।

साथै उनले नजिकको मित्र र छिमेकीका रूपमा भारत नेपालका जनता तथा नयाँ सरकारसँग सहकार्य गर्दै साझा शान्ति, प्रगति र समृद्धिलाई नयाँ उचाइमा पुर्याउन प्रतिबद्ध रहेको सन्देश प्रधानमन्त्री मोदीले दिएको प्रवक्ता जैसवालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *