काठमाडौं । फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिएको छ ।
निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका निर्वाचन प्रहरीको ४० दिनको सेवा पूरा भएपछि बिहीबार बिदाइ गरिएको हो । बिदाइ कार्यक्रममा निर्वाचन प्रहरीलाई धन्यवाद पत्रसहित सम्मान गरिएको थियो । नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ना गरेका थियो ।
त्यस्तै सशस्त्र प्रहरी बलले पनि निर्वाचन प्रहरीलाई बिदाइ गरेको छ । सशस्त्रले निर्वाचन सुरक्षामा १५ हजार ११० जना निर्वाचन प्रहरीलाई परिचालन गरेको थियो ।









