कांग्रेस महामन्त्री पौडेलको चुनावी खर्च २३ लाख ८६ हजार ३६८ रूपैयाँ

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार प्रदीप पौडेलले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । बिहीबार खर्चको विवरण सार्वजनिक गर्दै पौडेलले कूल २३ लाख ८६ हजार ३६८ रूपैयाँ खर्च गरेको जनाएका हुन् ।

खर्चको विवरण अनुसार पौडेलले उम्मेदवारी मनोनयन दर्तामा १० हजार रूपैयाँ खर्च गरेकामा चुनावी प्रचार प्रसारका क्रममा सवारी साधन खर्च बापत ४ लाख ९० हजार रूपैयाँ खर्च गरेको उल्लेख गरेका छन् । यस्तैगरी प्रिन्टिङ तथा स्टेशनरी सामग्रीमा ४७ हजार ९४० रूपैयाँ, फोन तथा मिडिया खर्चबापत २ लाख ५५ हजार ७८ रूपैयाँ, मतदाता भेटघाट तथा खाजा खर्चमा ३ लाख ३९ हजार ९२५ रूपैयाँ खर्च गरेको जनाएका छन् ।

यस्तै प्रचार प्रसार सामग्रीमा ३ लाख ५३ हजार ३५० रूपैयाँ खर्च भएकोमा सम्पर्क कार्यालय सञ्चालन बापत २ लाख २५ हजार ८२५ रूपैयाँ खर्च भएको जनाएका छन् । मानव स्रोतसाधन एंव विविध खर्चमा ४ लाख ६४ हजार २५० रूपैयाँ खर्च भएको पौडेलले उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *