महिला भलिबल टोलीका कप्तान शाहीको प्रतिमा अनावरण

म्याग्दी । राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको गृहजिल्ला म्याग्दीको सदरमुकाम बेनीमा आज स्तम्भ अनावरण गरिएको छ ।

रघुगङ्गा गाउँपालिका–३, पिप्लेमा जन्मनुभएकी शाहीले खेलकुदको माध्ययमबाट राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा जिल्लाको गरिमा बढाउन भूमिका निर्वाह गरेकामा जिल्ला खेलकुद विकास समिति म्याग्दीले उनको प्रतिमा निर्माण गरेको हो । दुई हातमा भलिबल रहेको पाँच फिट आठ इन्च उचाइको फाइबरबाट निर्मित प्रतिमा निर्माण गरिएको हो । उक्त प्रतिमा बेनी नगरपालिकाका प्रमुख सुरत केसीले अनावरण गरे ।

करिब रु आठ लाख अनुमान गरिएको प्रतिमा सहयोगदाताबाट आर्थिक सहयोग सङ्कलन गरी निर्माण गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिए । करिब १५ वर्षदेखि भलिबल खेल्दै आउनुभएकी शाहीले एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डसहित विभिन्न प्रतिष्ठित अवार्ड प्राप्त गरिसक्नुभएको छ ।

सन् २०१३ मा माल्दिभ्सविरुद्धको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टिममा डेब्यु गर्नुभएकी शाहीको कप्तानीमा नेपालले एभिसी सिनियर वुमन्स सेन्ट्रल जोनमा दुई उपाधि, दक्षिण एसियाली खेलकुदमा ऐतिहासिक रजत, काभा वुमन्स भलिबल नेसन्स लिगमा रजत, च्यालेन्ज कपमा कांस्य पदक जितेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *