पोखरीमा महिलाको शव फेला

सिरहा । यहाँको औरही गाउँपालिका-५ स्थित एक पोखरीमा आज एक महिलाको शव फेला परेको छ । स्थानीयले पोखरीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै पुगेको प्रहरी टोली घटनास्थलमा पुगी पोखरीबाट शव बाहिर निकालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार मृतकको हालसम्म पहिचान खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए ।

शव परीक्षणका लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *