साउदी अरेबियाका आधिकारिक निकायको निर्देशन पालना गर्न नेपाली नागरिकलाई दूतावासको आग्रह

काठमाडौं । साउदी अरेबियास्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई आधिकारिक निकायबाट जारी हुने समाचार, निर्देशन तथा सूचनाअनुसार सजग रहन आग्रह गरेको छ । बुधबार सूचना जारी गरी दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै सामाजिक सञ्जालको प्रयोग गर्दा सतर्क रहन अनुरोध गरेको हो ।

सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिने स्थान वा वस्तुको फोटो नखिच्न तथा भिडियो नबनाउन पनि दूतावासले आग्रह गरेको छ। त्यस्तै साउदी अरेबियाका आधिकारिक निकाय वा विश्वसनीय सञ्चार माध्यमबाट आएका समाचारलाई मात्र विश्वास गर्न र पुष्टि नभएका हल्लाहरूको पछि नलाग्न दूतावासले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *