एजेन्सी । युएईएफए च्याम्पियन्स लिगमा बायर्न म्युनिखले फराकिलो जित निकाल्दा इंग्लिस क्लब लिभरपुल स्तब्ध बनेको छ । मंगलबार राति भएको अन्तिम १६ को पहिलो लेगमा बायर्न म्युनिखले एटलान्टालाई ६-१ गोलले पराजित गरेको हो ।
न्यु ब्यालेन्स एरिनामा भएको खेलमा बायर्नलाई जित दिलाउन माइकल ओलिसेले दुई गोल गर्दा जोसिप स्टानिसिक, सेर्जे ग्नाब्री, निकोलस ज्याक्सन र जामाल मुसियालाले समान एक/एक गोल गरे जोसिप स्टानिसिक, एटलान्टाको लागि मारियो पासालिकले एक गोल फर्काए । बायर्नले दुवै हाफमा तीन/तीन गोल गरेको हो ।
गएरातिनै भएको अर्को खेलमा गालाटासारेले लिभरपुललाई १-० गोलले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा गालाटासारेलाई जित दिलाउन मारियो लेमिनाले निर्णायक गोल गरे ।
अन्य खेलमा एट्लेटिको म्याड्रिडले टोटेन्हाम हट्स्परमाथि ५-२ गोलको जित निकाल्दा बार्सिलोनाले बायर लेभारकुसनसँग १-१ गोलको बराबरी खेलेको हो ।
दोस्रो लेग अब १९ मार्चमा हुनेछ ।
